भौचर अपलोड गर्नुहोस् लगिन

दिल्लीस्थित नेपाली राजदूतावास पुगे प्रधानमन्त्री

नयाँ दिल्ली। भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड बाह्रखम्बास्थित नेपाली दूतावास आएका छन् । प्रधानमन्त्रीको सम्मान तथा स्वागतमा राजदुत शंकर शर्माद्वारा आयोजित रात्रिभोजमा उनी सरिक भएका हुन् । 

रात्रिभोजमा भारतीय विदेश मन्त्रालयका अधिकारी, अन्य कूटनीतिक नियोगका अधिकारी, नेपाली विभिन्न संघसंस्थाका प्रतिनिधि र सञ्चारकर्मीलगायतको सहभागिता छ  दूतावासमा नेपालका लागि भारतीय  पूर्व राजदूत रञ्जित रे, भारतीय नेता भगत कोसियारी पनि उपस्थित छन् ।

चार दिने भ्रमणका सिलसिलामा आज दिउँसो दिल्ली उत्रिएका प्रधानमन्त्री प्रचण्ड होटल मौर्यमा बसेका छन् ।

दूतावास आउनुअघि प्रधानमन्त्री प्रचण्डसँग भारतीय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेश सचिव विनय मोहन क्वात्राले होटेलमै गएर भेटेका थिए । 

प्रतिक्रिया

;