भौचर अपलोड गर्नुहोस् लगिन

नेपाली जनप्रगतिशील मञ्च युरोपको अध्यक्षमा चित्र सुवेदी निर्वाचित

बार्सिलोना । नेकपा माओवादी केन्द्र निकट नेपाली जनप्रगतिशील मञ्च युरोपको  ५ औँ अधिवेशन  स्पेनको बार्सिलोनामा सम्पन्न भएको छ । अधिवेशनबाट बेल्जियम निवासी चित्र सुवेदी अध्यक्षमा निर्वाचित भएका छन्। 

भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले उद्घाटन गरेको र दुई दिनसम्म चलेको अधिवेशन बन्दसत्रमा प्रवेश गरेपछि निर्वाचन आयुक्त सुरेन्द्र कुमार श्रेष्ठले अध्यक्षका दाबेदारहरू रणबहादुर खाती क्षेत्री,  उदयराज गौतम, चित्र सुवेदी र  धर्मराज  खतिवडाको नाम पढेर सुनाएका थिए।  तर अध्यक्षका दाबेदारहरूबिच छलफलपश्चात् सुवेदीका नाममा सहमति जुटेको हो भने धर्मराज खतिवडा महासचिव बन्न राजी भएका थिए ।

आफूले अध्यक्षको दावेदारी फिर्ता लिएपछि उदयराज गौतमले सङ्गठनको आवश्यकता र समयको माग अनुसार आफूले पदलाई गौण ठानेको  बताए। आफ्नो योगदान अनुसार अध्यक्षका निम्ति एक पटक प्रयास गर्न खोजेको तर नेतृत्वमा पुग्नका लागि निर्वाचनमा सहभागी हुन मन नलागेको उनको भनाइ थियो।  नेतृत्वमा जो गए पनि सबै वर्ग, समुदायको निम्ति त्यसले हित गर्ने उनले बताए।  

त्यसैगरी  रणबहादुर खाती क्षेत्रीले आफू यस अगाडि सङ्गठनको  आवश्यकताको लागि कार्यवाहक अध्यक्ष  बनेको कारण यस पटक आफू स्वतः  अध्यक्ष बन्नु पर्ने बताएका थिए। तर निर्वाचनमा  जाने कुराले कसैलाई फाइदा नगर्ने भन्दै पछाडि हटेको उनको भनाइ थियो। 

नवनिर्वाचित महासचिव धर्मराज खतिवडाले  आफ्नो केमेस्ट्री अध्यक्षसँग मिल्ने भएकाले अब सङ्गठन रकेटको गतिमा अगाडि बढ्ने बताए।  यसैगरी महाधिवेशनले कार्यसमितिका अन्य पदहरू सहमतिका आधारमा परिपूर्ति गर्दै जाने नवनिर्वाचित अध्यक्ष चित्र सुवेदीले बताए ।

अधिवेशनमा नेपाली जनप्रगतिशिल मञ्च राष्ट्रिय समिति माल्टा अध्यक्ष विनय बुढाथोकी , बेल्जियम अध्यक्ष प्रकाश पौडेल , नर्वेका डा . कृष्ण अर्याल,पोर्चुगलका सीता ढकाल ,नेदरल्याण्डका संघर्ष केसी , आयरल्यान्डका दलराम तामांग , स्पेनका विशाल ढुङ्गाना,स्विडेनका राम शरण ढकाल , फ्रान्सका सुमन पौडेल, बेलायतका रण बहादुर खाति क्षत्री , जर्मनीका गोविन्द भण्डारी , तमु राष्ट्रिय मुक्ति मोर्चाका मनिस गुरुङ र डेनमार्कका अध्यक्ष महेन्द्र खड्काले राष्ट्रिय समितिबारे रिपोर्टिङ गरेका थिए ।

प्रतिक्रिया

;