भौचर अपलोड गर्नुहोस् लगिन

प्रवासबाट जुरमुराए दोस्रो पुस्ताका युवाहरू

बार्सिलोना । स्पेनको बर्सिलोनामा विभिन्न कार्यक्रम बिच आयोजना गरिएको  प्रवासी नेपाली मन्च युरोपको प्रथम विस्तारित बैठकमा प्रवासमा रहेका नेपाली मूलका दोस्रो पुस्ताका युवा तथा विद्यार्थीलाई लक्षित गरी “युवा तथा विद्यार्थी सत्र” राखिएको थियो। 

नेपाली राजनीतिमा खासै चासो नराख्ने प्रवासमा दोस्रो पुस्ताका युवाहरूलाई मातृभूमि नेपालसँग जोड्ने उद्देश्यले  सम्पन्न यस कार्यक्रम पुरातानिक कार्यक्रम राजनीतिक भन्दा नितान्त फरक ढङ्गको थियो, यद्यपि नेपालमा युवा राजनीतिज्ञहरूको सक्रियताले प्रवासमा समेत उत्साह छाएको छ।  

यस सत्रमा  दोस्रो पुस्ताका नेपाली युवाहरूले प्रवासमा आर्जन गरेका ज्ञान सीप पुँजी र उनीहरूले आर्जन गरेका ज्ञान सीप र पुँजीलाई “सम्रिद्ध नेपाल सुखी  नेपाली” को राष्ट्रिय लक्ष्य प्राप्तिका लागी कसरी सदुपयोग गर्न सकिन्छ भन्ने विषयमा गहन छलफल भएको थियो । दोस्रो पुस्ताका युवाहरू थातलोमा फर्किदा  प्राप्त हुने  अवसर, सम्भावना,चुनौती साथै वस्तुगत यथार्थताको अनुभवले  नेपालको विकास तुलनात्मक रूपमा ढिलो हुनुको प्राविधिक कारणहरूबारे   वृहत्  छलफल भएको थियो।

यस कार्यक्रमको अध्यक्षता प्रवासी नेपाली मन्चका संयोजक मुक्त गुरुङले गरेका थिए भने प्रमुख अतिथिको रूपमा नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रवास ईन्चार्ज डा राजन भट्टराईको उपस्थिति थियो।

कार्यक्रम सञ्चालन युवा व्यवसायी तथा प्रवासी नेपाली मञ्च स्पेनका पूर्व  महासचिव लक्ष्मण शर्माले गरेको थिए।  वक्ताहरूको रूपमा एनआरएनएका केन्द्रीय उपाध्यक्ष राम शरण सिम्खडाले “युवाहरूको भविष्य र नेतृत्व विकास” बारेमा आफ्नो भनाई राखेको थिए । कार्यक्रममा सफल व्यवसायी तथा एनआरएनएका पूर्व  केन्द्रीय उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठले प्रवासी नेपालीलाई  “नेपालको लगानीमा  चुनौती र सम्भावना” का बारे आफ्नो भनाई राखेका थिए भने एनआरएनएका केन्द्रीय सचिव डा नवराज रोस्याराले आफ्नो अनुभवहरु राखेका थिए।

कार्यक्रमका  स्पेनका प्रवासी युवा ईन्जिनियरहरुको आफ्नो प्रोजेक्ट nepikose प्रस्तुत गरेका थिए।  यसैगरी ई पूजन तिमिल्सिनाले   नेपालको लागी नेपाल फर्केर केही गर्न सकिन्छ कि भनेर गरेको प्रयास र असफलता बारे भोगेको अनुभवले कार्यक्रमका सहभागी सबैको ध्यानाकर्षण गरेको थियो। 

 

प्रतिक्रिया

;