भौचर अपलोड गर्नुहोस् लगिन

तिन महिने अभियानमा प्रवास समन्वय समितिको सहभागीता

ललितपुर वडा नम्बर १४ मा आरम्भ भयेको तीन महिने विशेष रुपान्तरण अभियानमा सहभागिता जनाउँदै प्रवास समन्वय समितिका नेताहरु लक्ष्मण पन्त, ओम शर्मा र मनऋषि धिताल । अभियानको शुभारम्भ सडक सरसफाइबाट आरम्भ भयेको थियो । अभियानमा पार्टीको झन्डा, ब्यानर बोकेका वडाका सयौ नेता कार्यकर्ता समर्थक र शुभचिन्तकहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

     सातदोबाटो चोकबाट खुमलटार चोकबीतको सडक गल्ली र चोक पसल अगाडिको फोहोर अभियान टोलीले संकलन गरि सरसफाइ अभियानमा फोहोर संकलनका लागी ल्याईएको ट्रकमा फोहोर संकलन गरिएको थियो । अभियानको समापन खुमलटार चोकमा सडक सदन र कारको मोर्चाबाट एकिक्का भएर पार्टि अधि बढने, जनतासंग जोडने, पार्टीका नेता कार्यकताहरु रुपान्तरण हुने प्रतिबद्ता र गगनभेदी नाराहरु लगाउदै अभियान सम्पन्न भएको थियो । पार्टीकोविदेशको संगठन हेर्ने केन्द्रीय नेताहरुको सहभागिताले समेत वडाको अभियान टोलीलाइ उर्जा थपिएको बताउदै अभियान टिमका नेताबाट कार्यक्रम को समापन गरिएको थियो।
 

प्रतिक्रिया

;