भौचर अपलोड गर्नुहोस् लगिन

भारतमा नेपाली चेलीको भब्य तीज

एनपीपीएफ सम्बाददाता भोपाल/ अखिल भारत नेपाली एकता मंच मध्यप्रदेश राज्य समिति अन्तर्गतको नेपाली महिला एकता समितिको आयोजनामा भारतमा भब्य तिज कार्यक्रम सम्पन्न भएको छ।

यहि सेप्टेम्बर १४ मा आयोजित तीज कार्यक्रम सीता खनालको अध्यक्षतामा भएको थियो र कार्यक्रमका मुख्य अथिति केन्द्रीय समिति सचिब नगेन्द्र ढकाल,केंद्रीय सचिबालय सदस्य लाल सिंह परियार, केन्द्रीय सदस्य श्रीमती राधा अर्याल केन्द्रीय सदस्य, ऋषि लुईटेल,मध्यप्रदेश राज्य समिति अध्यक्ष मोती अर्याल, केन्द्रीय सदस्यहरू दिनेश अधिकारी, रामलाल शर्मालगाएतको उपस्थित थियो।

कार्यक्रममा सागर गैरे फास्टफूडका संचालक डोलराज गैरे, जनकल्याण समितिका डोलराज भण्डारी, पशुपतिनाथ नेपाली समाजका बिष्णु शर्मा,गणेश पाण्डे,मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका तालबहादुर खड्का,नेजसका लोकमणि घिमिर, जनकल्याणकी कमला भण्डारी,बिष्णुदेबि घिमिरे, मुलप्रवाह सोनू थापा,समाज सेबी श्रीमती हीरा देबि अर्याल,इंदिरा शर्मा,पम्फा गैरे,जीबनारायण घिमिरे,मोहन भाई एकता मंचका तेज बहादुर,किरण राना, मेघराज पंथ,हरि नारायण गिरी,उमाकान्त डुमरे ,आकाश भट्टराई लगायतको उपस्थिति थियो।

कार्यक्रमकाक्रममा सम्बिधान सभाका पूर्ब अध्यक्ष स्व.सुभाष नेम्बागप्रति श्रदांजलि अर्पण गरिएको थियो भने दक्षिण कोरियामा सम्पन्न बिस्व ताइकन्डो प्रतियोगितामा गोल्डमेडल जित्ने लक्ष्मण गुरुंगलाइ सम्मान गरिएको थियो। कार्यक्रम स्थलमा पाचसय नेपालीको उपस्थिति थियो।

प्रतिक्रिया

;