भौचर अपलोड गर्नुहोस् लगिन

नेपाली जनप्रगतिशील मन्च जापानको अधिवेशन नोभेम्वरमा हुँदै, संगठन बिस्तार तथा सुदृढिकरण अभियान संचालन

नेपाली जनप्रगतिशील मन्च जापान (一般社団法人NPPF JAPAN) को अधिवेशन नजिकिएसंगै संगठनका गतिविधिले व्यापकता पाएका छन ।
हरेक २ वर्षमा हुने अधिवेशन आगामी नोभेम्वर महिनामा तय भएको र क्षेत्रीय अधिवेशनका मितिहरू निश्चितता भएकोले संगठन बिस्तार तथा सुदृढिकरण अभियान संचालन गरिएको संगठन विभाग प्रमुख तथा कार्यवाहक अध्यक्ष मोहन पौडेलले जानकारी दिए ।
प्रवास समन्वय समितिको ३ महिने संगठन सुदृढिकरण अभियान पनि संचालन भैरहेकों अवसर पारेर जापानमा पनि यो अभियान संचालन गरेका हौ । पौडेलले भने- राष्ट्रिय कार्यसमितिकोले बैठकले संगठनको ३ महिने अभियानको लागि सदस्यता वितरण, क्षेत्रीय समितिसंगको समन्वय तथा संगठन विस्तारको लागि आवश्यक कार्यविभाजन गरेर काम गरिरहेका छौ ।

जापानमा बिभिन्न विचार राख्ने संगठन मध्य क्रियाशील रहेको मञ्चको संगठन बिस्तार तथा सुदृढ़ीकरण अभियानका लागि कार्य विभाजन गरेर सक्रियतापूर्वक लागेको मञ्चका महासचिव बाबुराम पौडेलले जानकारी दिए ।
महासचिव पौडेलका अनुसार कार्यालय तथा समन्वयको लागि इन्चार्ज,अध्यक्ष , महासचिब र उप महासचिव शिबु थापा र क्षेत्रगत जिम्मेवारीमा नागोया श्यामहरि पाण्डे, गौरी सापकोटा, टोकियो जनक सुबेदी, अर्जुन अमागाइ तोचिगी आरएच गौतम र भुवन हुँमागाइ ओसाका मोहन पौडेल, रामप्रसाद गैरे गौरी, फुकुओका नवराज गौतम र रामकृष्ण भण्डारी, ओकिनावा श्रबण सत्याल र दावा सेर्पा र सेन्दाइ बेनुका खड्का र कार्यालय टिमलाई तोकिएको छ ।

संगठनको सदस्यताको लागि अनलाइनमार्फत आवेदन र नवीकरण गर्ने व्यवस्था मिलाईएको छ । महासचिव पौडेलले भने- जापानमा नेपालीको संख्या बढ़ेसंगै हामी निकटका साथीहरूको पनि आगमन भएकोले उहाहरूसंगै सबैले सदस्यता आवेदन फारम भर्न र नवीकरण गर्नको लागि अनुरोध गर्दछु ।
संगठनले विचारसंगै जापानमा रहेर सामाजिक सेवा मानवीय सेवालाई आफनो प्रमुख कार्यभारका रूपमा काम गरिरहेकोले आगामी क्षेत्रीय अधिवेशन र राष्ट्रिय महाधिवेशन उल्लासपूर्ण रूपमा गर्न गराउनका लागि मञ्चका अध्यक्ष भवानी पन्तले अपिल गरेका छन ।

प्रतिक्रिया

;