भौचर अपलोड गर्नुहोस् लगिन

जनप्रगतिशील मञ्च जापानको अधिवेशन तयारी तीव्र

जापान । जनप्रगतिशील  मञ्च जापानको नबौँ अधिवेशन टोकियोमा हुँदै छ । मञ्चको अधिवेशन आगामी जनवरी २८ तारिखका दिन हुन लागेको हो ।  अधिवेशनको  तयारी तीव्र रूपमा भइरहेको मञ्चका अध्यक्ष  भवानी पन्तले जानकारी दिए ।  

प्रवासी नेपालीहरूमा आपसी सद्भाव ,भाइचारा र एकताको अभियान, ज्ञान सिप र पुँजीको लगानी सहित संवृद्ध नेपालको लागि नबौँ अधिवेशन भन्ने मूल नाराका साथ नेपाली जनप्रगतिशील मञ्च जापानको अधिवेशन राजधानी टोकियोमा हुँदै छ । 

अधिवेशनका  लागि माओवादी केन्द्रका नेता तथा प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्मा र समितिका सह इन्चार्ज लक्ष्मण पन्तको समेतको उपस्थिति रहने छ ।  अधिवेशनको तयारीका लागि विभिन्न विभागहरू बनाएर जिम्मा दिइएको मञ्चका महासचिव बाबुराम पौडेलले बताए ।

अध्यक्ष भवानी पन्त ले आफ्नो कार्यकाल अत्यन्त स्वर्णिम रहेको बताउँदै आफू पुन अध्यक्षमा प्रतिस्पर्धा गर्न लागेको जानकारी दिएका छन् । पन्तले आफ्नै कार्यकालमा  प्रधानमन्त्री  तथा माओवादी  केन्द्रका अध्यक्ष पुष्पकमल  दाहाल प्रचण्ड लाई जापान भ्रमण गराउन सफल भएको बताए । 

मञ्चको  अधिबेशनले  आगामी दुई बर्षे कार्यकालको लागि नयाँ नेतृत्व चयन गर्नेछ ।अधिवेशनको कार्यक्रम स्थल भने टोक्योको मुसासी साकाइ स्टेसन नजिकै तोकिएको छ । 

प्रतिक्रिया

;